बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने « Khabarhub

बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम कट्टेलका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 

धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने उनले बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार छ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ । 

मुख्यमन्त्री जमकट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचास-पचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताएका छन् । उनले प्रदेश स्वास्थ्य मन्त्रालयको एक हजार छ सय ६९ (प्राविधिकसहित) कर्मचारीको संगठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय समेत गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र