आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द « Khabarhub

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको  सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि  रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाइएस हेटौँडा प्रालिसँग गरिएको सम्झौता रद्द गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार सनराइज कन्टेनर्सले प्लाष्टिकका वस्तु, नाथ फुड्स इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बिवाइएस हेटौँडाले विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायरलगायत औजार उत्पादन गर्नेगरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेका थिए ।

जग्गा ओगट्ने तर उद्योग सञ्चालनमा नल्याउने भएपछि सम्झौता रद्द गर्न बाध्य भएको उनले बताएका छन्। सम्झौता रद्द हुँदा ३० रोपनी औद्योगिक क्षेत्र कार्यालयको मातहतमा आएको उनले जानकारी दिए ।

सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबीच भएको सम्झौता स्वतः रद्द हुने उल्लेख थियो । समयसीमा सकिएको अवस्थामा पटक-पटक उद्योगका सञ्चालकलाई अनुरोध गर्दा पनि वास्ता नगरिएका कारण सम्झौता खारेज गर्नुपरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको