अवैधानिक गतिविधिमा संलग्न रहेको भन्दै नेपालबाट २ पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

अवैधानिक गतिविधिमा संलग्न रहेको भन्दै नेपालबाट २ पाकिस्तानी नागरिक पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ ।

अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो ।

पक्राउ परेका पाकिस्तानी नागरिकहरु नेपालमा कस्तो प्रकारको गैरकानूनी कार्यमा संलग्न थिए भन्ने विषय खुलाइएको छैन ।

सो विषयमा बुझ्न खोज्दा अध्यागमन विभागका महानिर्देशक (सहसचिव) ईश्वर राज पौडेलको फोनमा सम्पर्क हुन सकेन ।

यद्यपि अध्यागमन विभागले भने २ जना पाकिस्तानी नागरिक पक्राउ परेका पुष्टि गरेको छ ।

‘उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ,’ खबरहबको सम्पर्कमा आएको अध्यागमन विभागका एक अधिकारीले भने ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : २९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते