राजनीतिक दलसँग भूमि आयोगको छलफल « Khabarhub

राजनीतिक दलसँग भूमि आयोगको छलफल


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर – भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन, निस्सा वितरण र पुर्जा वितरणमा केन्द्रित रहेर राष्ट्रिय भूमि आयोग ललितपुरले राजनीतिक दलसँग छलफल गरेको छ ।

‘अहिलेसम्म भएका काममा राजनीतिक दलहरुबाट भएको सहयोग र समन्वयबाट आगामी दिनहरुमा पनि सहजरूपमा काम गर्न सहयोग पुग्ने भन्नेमा हामी आशावादी छौँ’, आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले भने ।

आयोगले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपर्नेछ । त्यसअनुसार ललितपुरका चार वटा पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने चरणमा छ । निस्सा वितरण हुँदा छ चरणको काम सम्पन्न हुने आयोगका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए ।

छलफलका क्रममा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेलले आयोगका गतिविधि लक्षित वर्गसम्म पु¥याउन वडा तहलाई जिम्मेवार बनाउन सम्बन्धित पालिकाले ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वर्तमान संविधानको मर्मअनुरुप नै भूमि आयोग गठन भई काम गरेकाले आयोगलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

नेकपा (एमाले) ललितपुरका कार्यालय सचिव रमेशप्रसाद घिमिरेले संविधानले निर्दिष्ट गरेअनुसार काम गर्न र समन्वय गर्न आफ्नो पार्टी तत्पर रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : २८ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि