कलंकी गोली प्रहार प्रकरण– सडक डिभिजनका पूर्व इन्जिनियर हतियारसहित पक्राउ « Khabarhub

कलंकी गोली प्रहार प्रकरण– सडक डिभिजनका पूर्व इन्जिनियर हतियारसहित पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीमा भएको गोली प्रहारमा संलग्नको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरमा गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सडक डिभिजन कार्यालयका पूर्व इन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार उनको साथबाट २ थान हतियार र त्यसमा लाग्ने गोली करिब ४५–५० राउण्ड बरामद भएको छ । उक्त हतियार इजाजत (लाइसेन्स)प्राप्त रहेको महाशाखा स्रोतले जानकारी दियो ।

प्रहरीका अनुसार अहिले उक्त हतियारको परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याब पठाइएको छ ।

‘उक्त हतियारबाट गोली चलेको हो हैन भन्ने विषयमा हामीले अहिले परीक्षण गरिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले खबरहबसँग भने, ‘परीक्षण रिपोर्ट आएपछि थप कारबाही अगाडि बढाउँछौं ।’

हतियारसहित नियन्त्रणमा लिइएका खनाल भने अहिले अपराध महाशाखाको नियन्त्रणमा छन् । महाशाखाले खनालमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

कलंकीमाईस्थित शर्माको घरमा गोली चलेको खबर पाउनासाथै प्रहरीले घटनास्थल वरपर खानतलासी शुरु गरेको थियो । प्रहरीले सोमबार राति नै खनालको घरमा खानतलासी गर्न खोजेपनि उनको परिवारले ढोका खोलेको थिएन ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न