संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिए; बर्खास्त गरेर कारबाही गरियोस् : राप्रपा « Khabarhub

संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिए; बर्खास्त गरेर कारबाही गरियोस् : राप्रपा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मसँग सम्बन्धित विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किरातीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो ।

सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किरातीलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् ।

८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृतिमन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् ।

‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराती बर्खास्तका योग्य छन् । यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् ?,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्ता गठबन्धनको ध्यानाकर्षण गराउँदछौं । साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’

यो पनि-

मन्त्री किरातीको प्रष्टीकरण : सबैको अस्तित्व सम्मान गर्छु

संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  २ : ४९ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस