संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग « Khabarhub

संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । राप्रपाले बिहीबार विज्ञप्ति जारी गर्दै विवादास्पद अभिव्यक्ति दिएको भन्दै संस्कृतिमन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो ।

मन्त्री किरातीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्‌” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन ।’पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ।’

यो पनि-

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

मन्त्री किरातीको प्रष्टीकरण : सबैको अस्तित्व सम्मान गर्छु

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

भिडियो-

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : २९ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई