बालबालिकामा देखिएको निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन « Khabarhub

बालबालिकामा देखिएको निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको जानकारी दिए ।

बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।

कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताए ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उनले जानकारी दिए ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताए ।

उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  १० : ५६ बजे

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने