आज २०८० साल पुस ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस ६ गते शुक्रबारको राशिफल


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ६ गते शुक्रबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ । आज वर र पिपलको दर्शन मात्र गरेमा परिवारको सम्बन्ध राम्रो हुनेछ ।

वृषः तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ । दाम्पत्य जीवनमा विवादमा पर्ने देखिन्छ । तर्कबाट बच्नु राम्रो हुन्छ ।

मिथुनः शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।
कर्कटः दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । शत्रुसँग पराजित हुने योग रहेकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

सिंहः कडा खालका विपक्षीको सामना गर्नुपर्ने हुनसक्छ । रोगबाट मुक्त हुने योग रहेको छ । प्रेम सम्बन्ध र परिवारमा सफलता मिल्नेछ ।
कन्याः दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुलाः  मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।

वृश्चिकः विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ । अभिभावकको आर्शिवाद लिएर अगाडि बढेमा राम्रो हुनेछ । प्रेम र परिवारको सम्बन्ध राम्रो हुनेछ ।

धनुः दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । नसोची बोल्नु भएमा बोली नै गोली बन्ने खतरा हुन्छ । परीक्षा दिएको भए नतिजा राम्रो प्राप्त हुनेछ ।

मकरः खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ ।

कुम्भः अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ । रोग बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

मीनः दिन राम्रो नै छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । चिट्ठा र शेयरमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । वैवाहिक जीवन सुमधुर रहनेछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : १६ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश