स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण « Khabarhub

स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ– सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुइँचो लागेको छ ।

बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो ।

काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउन सक्नुपर्ने बताए ।

राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकिर गरे । सांसद शर्माले शिविरबाट ओटी रेफर भएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने पनि बताए ।

शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद शर्माले पुर्‍याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् ।

सांसद शर्माले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हजारौँ नागरिक लाभान्वित भएको बताउँदै उनले बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको बताइन् ।

शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ ।

शिविरमा स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए । शिविरबाट ओटी रेफर भएकाहरूलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् ।

गाउँमै काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू भीड लागेको थियो ।

स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको थियो । उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : १८ बजे

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि

चित्रकलामा मध्यपुरका सम्पदा

काठमाडौं – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ

हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

कास्की – पोखरा–६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना