प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

बागमतीले जितका लागि दिएको ८८ रनको मध्यम लक्ष्य कोशी प्रदेशले १८ ओभर १ बलमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जितमा काजल श्रेष्ठ र अपसरी बेगमले समान ४१ रनको योगदान दिए ।

बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक–एक विकेट लिए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । त्यस्तै अस्मीना कमाचार्यले २४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

कोशी प्रदेशकी अपसरी बेगम र सबनम राईले समान दुई–दुई तथा सङ्गीता राईले एक विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : २१ बजे

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ