प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा बागमती प्रदेश पराजित


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

बागमतीले जितका लागि दिएको ८८ रनको मध्यम लक्ष्य कोशी प्रदेशले १८ ओभर १ बलमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जितमा काजल श्रेष्ठ र अपसरी बेगमले समान ४१ रनको योगदान दिए ।

बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक–एक विकेट लिए ।

त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । त्यस्तै अस्मीना कमाचार्यले २४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

कोशी प्रदेशकी अपसरी बेगम र सबनम राईले समान दुई–दुई तथा सङ्गीता राईले एक विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : २१ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले