मन्त्री किरातीको अभिव्यक्ति संविधानविपरीत : जनमोर्चा « Khabarhub

मन्त्री किरातीको अभिव्यक्ति संविधानविपरीत : जनमोर्चा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अभिव्यक्ति संविधान विपरीत एवं बिखण्डनवादीलाई मद्दत  पुर्‍याउने खालको भएको बताएको छ । 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क्रिश्चियन नमान्नेहरू संविधान नमान्नेहरू हुन्, तिनलाई जेल कोचौँ भनी मन्त्री सुदन किरातीले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको राष्ट्रिय जनमोर्चाले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछ ।’ केसीले अगाडि भनेका छन्, ‘नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वैष फैलाउने कुरा सामाजिक सद्भाव बिथोल्ने कुरा हो ।’

मन्त्री जस्तो जिम्मेवार व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी अभिव्यक्ति दिएको बताउँदै केसीले भनेका छन्, ‘यो अभिव्यक्ति न संविधान सम्मत छ, न त मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको छ ।’

जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल नपुर्‍याउन केसीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : २१ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका