इलाममा अलैँची उत्पादन बढ्यो « Khabarhub

इलाममा अलैँची उत्पादन बढ्यो


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिएका छन् । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । 

गत आवमा एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएकामा एक हजार दुई १५ दशमलव २६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व पनि वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकामा चालु आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले जानकारी गराए । 

यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिकरुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेका छन् ।

अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिकरुपमा हुने गरेको छ । त्यसमध्ये माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ ।

भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ । यसैगरी एभोकाडोको पनि उत्पादन बढेको छ । गत वर्ष ५५ हेक्टर जमिनमा चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएकामा यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा चार सय २२ दशमलव पाँच मेट्रिकटन एभोकाडो उत्पादन भएको छ । उत्पादकत्व भने घटेको छ । गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिकटन एभोकाडोको उत्पादकत्व रहेकोमा यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ । 

त्यस्तै यस वर्षदेखि इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट लगाइएकामा यसवर्ष दश हेक्टरमा जमिनमा लगाइएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४० बजे

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन