कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा « Khabarhub

कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो

। सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापति लगायतको सहभागिता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशिक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताए । उनले मुलुकको संविधानपछि पार्टीको विधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गरे ।

अहिले प्रदेशले काम गर्न नपाउँदा प्रदेश नै आवश्यक नरहेको हो की भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उनले बताए ।

त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताएका छन् । त्यस्तै उनले विधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राखे । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ ।   

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ०७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल