अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यु | Khabarhub Khabarhub

अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यु


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक वर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ । 

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा वार्षिक ११ देखि ६३ जनाको काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्यु हुने गरेको उल्लेख गरेको छ । 

अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित  वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ । अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताएका छन् ।

 उनका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ । स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उनको भनाइ छ ।  

अनुसन्धानका अनुसार वायु प्रदूषणको अतिरिक्त, काठको हिटरहरूले कार्बन डाइअक्साइड, मिथेनलगायतका ग्यास उत्पादन गरी जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गर्दछ ।

राजधानी क्यानबेरा र यसका वरपरका शहरहरू हेर्ने स्थानीय सरकारले अगस्टमा सन् २०४५ सम्ममा सबै काठ हिटरहरू विस्थापन गर्ने योजना घोषणा गरेको छ ।

अनुसन्धान हेल राष्ट्रिय अनुसन्धान सञ्जाल तथा तस्मानिया विश्वविद्यालयको  सुरक्षित हावासँगको सहकार्यमा गरिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ०६ बजे

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको