तारे जमिन पर प्रदर्शनको १६ वर्ष : यस्ता भए इशान, के गर्दै छन् अन्य कलाकार « Khabarhub

तारे जमिन पर प्रदर्शनको १६ वर्ष : यस्ता भए इशान, के गर्दै छन् अन्य कलाकार


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमिर खानको ‘आइकोनिक’ फिल्म प्रदर्शनमा आएको १६ वर्ष बितेको छ । यस फिल्ममा बालकलाकार इशान अवस्थीको भूमिकामा दर्शिल साफारीले खेलेका थिए । 

प्रदर्शनमा आएको यो अवधिमा पनि यसलाई राम्रो फिल्मको सूचीमा राखिन्छ । अमिरको निर्देशन र लगानी रहेको यो फिल्म सन् २००७ डिसेम्बर २१ मा प्रदर्शनमा आएको थियो । 

बच्चाहरूको सिकाइमा असर गर्ने ‘डिस्लेक्सिया’ नामक कमजोरीको विषयमा बनेको पहिलो हिन्दी फिल्म हो । यो फिल्मले आलोचकबाट पनि धेरै प्रशंसा पाएको थियो । साथै, यो फिल्म दर्शकहरूले अमिरको प्रशंसा गर्दा नाम लिने फिल्म मध्य एक हो । 

यो फिल्ममा अमिर शिक्षकको भूमिकामा देखिएका छन् । त्यस्तै, नौं वर्षको विद्यार्थी इशान भूमिकामा दर्शिल साफारी छन् । जसलाई ‘डिस्लेक्सिया’ भएको हुन्छ । टिस्का चोपरा इशासनको आमाको भूमिका र विपिन शर्मा बाबुको भूमिकामा देखिएका छन् । जानौँ यी कलाकारहरू अहिले के गर्दैछन् । 

इशान अवस्थी (दर्शिल साफारी)
साफारी अर्थात् इशान यस फिल्मको मुख्य पात्र हो । साफारी यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । त्यसपछि उनी सन् २०१० मा बम बम भोललगायत तीन फिल्ममा अभिनय गरे । 

साफारी अहिले २६ वर्ष भए । उनी पछिल्लो समय नाटक हुकुस बुकसमा देखिएका थिए । 

राम शंकर निकुम्भ (अमिर खान)


फिल्ममा राम शंकर निकुम्भ शिक्षकको भूमिकामा देखिएका थिए । उनले फिल्ममा ईशानलाई सो शारीरिक कमजोरी हटाउन मद्दत गरको फिल्ममा देख्न सकिन्छ । 

अमिरले सोही फिल्मबाट निर्देशनमा डेब्यु गरेका थिए । अहिले उनी सोही फिल्मको ‘स्कवेल’ बनाउने बनाउने घोषण गरेका छन् । उनले सो फिल्मको नाम ‘सितारे जमिन पर’ हुने जानकारी दिएका छन् । 

माया अवस्थी (टिस्का चोपरा)


टिस्का चोपराले फिल्मा इशानको आमा माया अवस्थीको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म हिट भएपछि उनले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिन् । साथै, उनी लेखक पनि हुन् । उनले ‘एक्टिङ स्मार्ट’ र ‘ह्वाट्सअप विथ मी’ दुई पुस्तकसमेत लेखेकी छन् । 

नन्दकिशोर अवस्थी (विपिन शर्मा)


विपिन शर्मा फिल्मा इशानको बुबा नन्दकिशोर अवस्थीको भूमिकामा छन् । यो फिल्मको सफलता पछि उनले धेरै फिल्ममा काम गर्ने अवसर पाए । उनले सलमान खानको किक फिल्ममा पनि काम गरेका छन् । ‘ग्याङ अफ वासेपुर’मा पनि उनको अभिनय देख्न सकिन्छ । हाल भने पनि अभिनयमा देखिएका छैनन् । 

योहान अवस्थी (सचेत शेट)


सचेत सेट इशानको दाइको भूमिकामा देखिएका पात्र हुन् । उनले फिल्ममा योहान अवस्थीको पात्र निर्वाह गरेका छन् । उनले अभिनय गरेको यो एक मात्र फिल्म हो । उनी अहिले अध्ययनका लागि लन्डनमा छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ३१ बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ