जावलाखेलमा ‘तीज माइती मेला’ हुने, निश्चल र स्वस्तिमालाई सम्मान गरिने « Khabarhub

जावलाखेलमा ‘तीज माइती मेला’ हुने, निश्चल र स्वस्तिमालाई सम्मान गरिने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको अवसर पारेर ललितपुरको जावलाखेलमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम गरिने भएको छ । ललित ब्युटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा मेलाको आयोजना हुन  लागेको हो ।

आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुने रिमालले जानकारी गराइन् ।

मेलालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रम गर्ने बताइएको छ । यस्तै तीज विशेष कार्यक्रममा ‘आदर्श जोडी सम्मान २०७६’ को सम्मान अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रदान गरिने भएको छ ।

नेपाली चलचित्रको क्षेत्रमा पुर्‍याएको भन्दै यो जोडीलाई सम्मान गर्न लागिएको हो ।

कार्यक्रममा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्र र विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही