जावलाखेलमा ‘तीज माइती मेला’ हुने, निश्चल र स्वस्तिमालाई सम्मान गरिने « Khabarhub

जावलाखेलमा ‘तीज माइती मेला’ हुने, निश्चल र स्वस्तिमालाई सम्मान गरिने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको अवसर पारेर ललितपुरको जावलाखेलमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम गरिने भएको छ । ललित ब्युटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा मेलाको आयोजना हुन  लागेको हो ।

आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुने रिमालले जानकारी गराइन् ।

मेलालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रम गर्ने बताइएको छ । यस्तै तीज विशेष कार्यक्रममा ‘आदर्श जोडी सम्मान २०७६’ को सम्मान अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई प्रदान गरिने भएको छ ।

नेपाली चलचित्रको क्षेत्रमा पुर्‍याएको भन्दै यो जोडीलाई सम्मान गर्न लागिएको हो ।

कार्यक्रममा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्र र विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५१ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन