नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री « Khabarhub

नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

सिआइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

 सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले सकेसम्म योगदान गर्ने उनले बताए । १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरूलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारले आईटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताएका छन् ।

राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए । मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : ४३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली