नेपाली सेनाद्वारा बृहत् स्वास्थ्य शिविर « Khabarhub

नेपाली सेनाद्वारा बृहत् स्वास्थ्य शिविर


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

छिन्चु– सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौकुने गाउँपालिका-२ लगाम सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजना तथा ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिएका छन् । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताएका छन् । 

सिलवालका अनुसार चौकुने गाउँपालिका–१, २ र ३ का माथिल्लो र तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीवन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैलीगहुँखाडा गाउँका चार सय पाँच जना नागरिकले सेवा लिएका छन् ।

यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने गणपति प्रमुख सिलवालको भनाइ थियो । उनका अनुसार शिविरमा कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा रोजी यादव, डा दर्पण नेपाली, नेपाली सेनाका उपसेनानी डा मोनिमा महर्जन, सुर्खेत आँखा अस्पतालका ओपिडी इन्चार्ज अरुण गुप्ताले सेवा दिएका थिए ।

स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर सञ्चालन भएपछि उपचारमा सहज भएको स्थानीय सुमित्रा थापाले बताएका छन् ।

गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खडक विकले बताए । सडक तथा यातायातको सुविधा कम भएका यहाँका गाउँले गुणस्तरीय स्वास्थ्य सेवा लिन सदरमुकामसम्म जान पनि सास्ती हुने गरेको उनको भनाइ थियो । 

गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसूति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ५२ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी