शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भयो : निर्देशक हिरानी « Khabarhub

शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भयो : निर्देशक हिरानी


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष बलिउड अभिनेता शाहरुख खानका लागि विशेष बन्यो । उनका दुई फिल्म पठान र जवान ५०० करोड क्लबमा प्रवेश गरे । यो वर्षको अन्तिम अर्थात् डिसेम्बर २१ बाट प्रदर्शनमा आएको ‘डंकी’ ले पनि राम्रै चर्चा पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको पनि राम्रै प्रशंसा भइरहेको छ ।

लामो समयदेखि हिरानी र शाहरुखको सहकार्य हेर्न दर्शकहरु प्रतिक्षारत थिए । उनीहरुले ढिलै भए पनि दर्शकको भावनालाई समेटेका छन् । भर्खरै प्रशारण भएको एक अन्तर्वार्तामा हिरानीले फिल्म पढ्दादेखि नै शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भएको खुलासा गरेका छन् ।

हिरानीले खुलासा गरेका छन्, ‘म शाहरुखको अभिनयबाट निकै प्रभावित भएको थिएँ । पढाइ पूरा भएपछि काम गर्ने सोच बनाएको थिएँ तर त्यसबेलासम्म शाहरुख आफ्नो करिअरको उत्कर्षमा थिए, एकदमै व्यस्त थिए । सोही कारण मलाई उनीसँग काम गर्न २० वर्ष लाग्यो ।’

डंकीमा हिरानीको अनुभव
शाहरुखसँग डंकीमा काम गर्दा आफू धेरैले खुसी भएको अभनुव हिरानीले साटेका छन् । उनी थप्छन्, ‘उनीसँग काम गर्न पाउनु मेरो लागि धेरै ठूलो कुरा हो ।’

साथै, उनले सेटमा शाहरुखको आकर्षणबाट आफू मोहित भएर उनले सट हेर्न नसकेको खुलासा गरे । उनले भने, ‘शाहरुखले जब सट दिइरहेको हुन्थे, म आँखा मास्कले छोप्थेँ । कानमा एयरफोन लगाउँथेँ । असिस्टेनले सुट सकियो भनेपछि मात्रै म मास्क एयरफोन खोल्थेँ ।’

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ४२ बजे

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका