म्यानमारमा ६३.५ किलोग्राम कच्चा अफिम बरामद « Khabarhub

म्यानमारमा ६३.५ किलोग्राम कच्चा अफिम बरामद


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यानमारको माण्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद गरिएको छ ।

लागूऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समितिले शनिबार जारी गरेको विज्ञप्ति अनुसार गोप्य सूचनाका आधारमा लागूऔषधविरुद्ध गरिएको कारबाहीका क्रममा प्रहरीले शुक्रबार माण्डले क्षेत्रको आङम्यायथाजान टाउनसिपमा रहेको बस स्टेशनमा एक जना महिलाको पार्सलको खोजी गरी ४५.५ किलो कच्चा अफिम बरामद गरेको हो ।

प्रहरीले शुक्रबार सागाङ क्षेत्रको सागाङस्थित यादनाबोन पुल नजिक एउटा यात्रुवाहक गाडीमा खोजतलास गर्दा १८ किलो काँचो अफिम बरामद गरेको छ । सो घटनामा दुई जना महिला पक्राउ परेका छन् ।

बरामद लागुऔषधको अनुमानित मूल्य करिब ६७.९५ मिलियन क्याट (३२,३५७ अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ।
पक्राउ परेका संदिग्ध व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ४३ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका