शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन ! « Khabarhub

शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन !


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

हामीले हिन्दुहरुका आराध्यदेव भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौँ । शिव चाँडै नै प्रसन्न हुने भएकाले भोले बाबाको नामले पनि पुकारिन्छ ।

शिव केही सजिलो तरिकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ ।

भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका अनुसार कुनै जमानामा शङ्खचूड नामक एक महापराक्रमी दैत्य थिए । दैत्यराज दम्भका छोरा थिए ।

दैत्यराज दम्भले केही वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरे र उनले तीन लोकको लागि अजय र महापराक्रमी छोराको वरदान मागे ।

यति मात्र नभएर दम्भको छोरा शङ्खचूडले ब्रह्माजीको तपस्या गरेर उनले आफ्नो लागि अजेय हुने वरदान हासिल गरे ।

फलस्वरुप केही समयपछि तीनै लोकलाई आफ्नो स्वामित्वमा पारे । शङ्खचूडले गरेको अत्याचारबाट तीनै लोक नराम्रोसँग प्रभावित भए ।

मानिसमात्र नभएर देवताहरू पनि दुःखी थिए । यसबाट छुटकारा पाउनका लागि सबै जना शिवको शरणमा गए, तर शिवजी शङ्खचूडको वध गर्नमा असमर्थ थिए, किनकी शङ्खचूडलाई श्रीकृष्णको कवच र तुलसीको पतिव्रत धर्म प्राप्ति थियो ।

भगवान विष्णुजीले ब्राह्मणको भेषमा शङ्खचूडसँग श्रीकृष्णको कवच दानमा मागे । साथै शङ्खचूडको रुपमा तुलसीको शील पनि हरण गरे ।

यसपछि शिवजीले शङ्खचूडलाई आफ्नो त्रिशूलले भस्म गरिदिए । उनै शङ्खचूडको हड्डीबाट शङ्खको जन्म भएको मानिन्छ । यसैकारण शिवजीको पूजामा शङ्खको प्रयोग वर्जित गरिएको धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : २२ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर