प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार तेस्रो जित हात पारेको हो ।

कोशी प्रदेशले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।

मधेशको लागि साना प्रविणले सर्वाधिक २७ रन जोडिन् । यस्तै, आरति महतोले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोशीका लागि सबनम राइ र एलिसा खडियाले दुई–दुई तथा रुविना क्षेत्री र संगीता राईले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।

कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, अप्सरी सरस्वती कुमारी चौधरीले ३९ तथा सबनम राईले १६ रन बनाए ।

मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक–एक विकेट लिए ।

यसअघिका खेलमा कोशीले कर्णाली र बागमती प्रदेशलाई हराएको थियो । मधेश भने बागमती र एपीएफसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ३२ बजे

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

डडेल्धुरा– डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रीले गुहारे प्रधानमन्त्री

काठमाडौं– गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा

अर्थसंक्षेप : विदेशी मुद्राको सञ्चिति २२ खर्ब माथि, ५१ अंकले घट्यो नेप्से

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा विदेशी

सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक 

गलकोट– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई

बाढीपहिरोबाट ऊर्जा र सिँचाइमा १३ अर्ब बढीको क्षति

काठमाडौं– गत असोज ११ र १२ गते देशभर परेको अविरल