मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली « Khabarhub

मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए : ओली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बसाइसराइका कारण मध्यपहाडका गाउँमा युवाको कमी रहेको बताएका छन् ।

एमालेले झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यात्रामा केबल ४० प्रतिशतमात्रै युवाहरु आएको भन्दै गाउँमा युवाको कमी रहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘मध्यपहाडमा सबैभन्दा ठूलो कुरा बसाइसराइ रहेछ । गाउँमा युवा रहेनछ्न् । ४० प्रतिशत मात्र युवा कार्यक्रममा आए ।’

सम्मेलनमा ओलीले मध्यपहाडमा अझै विकास पुग्न नसकेको पनि बताए । विकास नपुग्नु नै मध्यपहाडका लागि ठूला चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘एक हिसाबले हाम्रो यात्रा संस्कृतिक पनि भयो । स्थानीय उत्पादनकै खाना खायौँ । देश सम्पन्न छ । ठूलो चुनौती भनेको विकास नपुगेको रहेछ ।’

उनले मध्यपहाडमा आधुनिकीकरण र व्यावसायीकरणको पनि समस्या रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ५४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै