होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग « Khabarhub

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेको हो ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको उल्लेख गरेको छ ।

होटल जस्तो महत्वपूर्ण क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको जनाउँदै समितिले अबका दिनमा राष्ट्रिया प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो ।

यस्तै महासङ्घले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ‘ब्राण्ड’ले रोयल्टीवापत कूल बित्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा सहजीकरण गरिदिन माग गरेको छ ।

भेटमा अर्थमन्त्री डा. महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने जनाउँदै व्यवसायीको मागका सम्बन्मा आफूले अध्ययन गरेर सकारात्मक नतिजा दिने विश्वास दिलाए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : ५० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा