जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते बस्ने « Khabarhub

जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते बस्ने


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बस्नेछ ।

राष्ट्रियसभामा जसपाले ४ सिट पाउनुपर्ने बताएको छ । तर, गठबन्धन दलहरूबिच भागबन्डा अझै टुङ्गिएको छैन ।

१९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सिट बाँडफाँड गर्नेछन् ।

राष्ट्रियसभामा एमालेका ९ सांसद, नेपाली कांग्रेसका ४,  माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एक जना सांसदको पदावधि सकिँदै छ ।

गठबन्धन दलमा आफ्ना सांसद कायम राखेर नेकपा एमालेका ९ सांसद भागबन्डा मिलाउने तयारी छ । यस्तोमा जसपाको भागमा २ सिट मात्र पर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३३ बजे

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा