एनएसएल क्वालिफायर : आज पोखरा र धनगढी भिड्ने « Khabarhub

एनएसएल क्वालिफायर : आज पोखरा र धनगढी भिड्ने


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा पहिलो र धनगढी दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

जारी लिगमा पोखरा ८ खेलबाट चारमा जित, तीनमा बराबरी र एकमा हार बेहोर्दै १५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै धनगढी तीनमा जित, चारमा बराबरी र एकमा हारसहित १३ अंक जोडेर दोस्रो स्थानमा छ ।

पहिलो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो टोलीको विजेतासँग दोस्रो क्वालिफायरको मौका पाउनेछ ।

इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौँ रेजर्स र चौथो स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् ।

इलिमिनेटर राउण्डको विजेता टिमले पोखरा र धनगढीबीचको खेलमा हार ब्यहोर्ने टिमसँग दोस्रो क्वालिफायरका लागि खेल्नेछ ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : २५ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।