किन मनाइन्छ क्रिसमस ? | Khabarhub Khabarhub

किन मनाइन्छ क्रिसमस ?


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

क्रिश्चियन धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ आज मनाइँदै छ । हरेक वर्ष अंग्रेजी क्यालेण्डर अनुसार २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

यस दिन उपहारहरू साटासाट गरिँदै, क्रिसमस रूख सिँगार्दै, भोज आयोजना गरी गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ ।

क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर राख्ने गरिएको पाइन्छ ।

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने एक पर्व हो । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

क्रिसमसको कथा
आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जिससको जन्म हुने दिन म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड भएको कारणले उनीहरूले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यहीँ जिससको जन्म भयो त्यो दिन थियो २५ डिसेम्बर । यही कथालाई आधार मानेर ‘क्रिसमस डे’ मनाइन्छ ।

यस दिन घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्ठभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमस ट्रीको महत्व
यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : १० बजे

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका