बीबीएलको फाइनलमा सन्दीपको कसिलो बालिङ, तर विकेट लिन सकेनन् « Khabarhub

बीबीएलको फाइनलमा सन्दीपको कसिलो बालिङ, तर विकेट लिन सकेनन्


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनल खेलमा मेलबर्न स्टार्सबाट खेलीरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध कसिलो बलिङ गरेका छन् ।

डुकल्यान्ड रंगशालामा भएको खेलमा सन्दीप्ले ४ ओभर बलिङ गरेर १६ रन मात्रै खर्चेका छन् । खेलको सातौं ओरभमा बलिङ गर्ने अवसर पाएका सन्दीप्ले आफ्नो पहिलो ओभरमा २ रन मात्रै खर्चे । दोस्रो ओभर पनि कसिलो बलिङ गरेका उनले ५ रन खर्चे भने तेस्रो ओभरमा पनि कसिलो बलिङ गरे । लामिछानेले आफ्नो तेस्रो ओभरमा ३ रनमात्रै खर्चे । बलिङ कसिलो गरेपनि सन्दीप विकेटविहीन रहे ।

त्यस्तै, व्यक्तिगत चौथो ओभरमा पनि सन्दीप्ले विकेट लिने प्रयास गरेपनि विकेट लिन सकेनन् । तर, ६ रन मात्रै खर्चेका थिए । योसँगै सन्दीपको बीबीएलमा ८ खेल खेल्दै १९५ रन खर्चेर ११ विकेट लिएका छन् ।

जारी खेलको ताजा अवस्थामा मेलबर्न रेनेगेड्सले १६ ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन बनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ५४ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका