नक्कली भारुसहित पक्राउ परेका अन्सारी जेल चलान « Khabarhub

नक्कली भारुसहित पक्राउ परेका अन्सारी जेल चलान


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भारतीय रुपैयाँ (भारु) नोटसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना जेल चलान भएका छन् । संगठित अपराध र खोटाचलन मुद्दमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

उनीहरुलाई मंगलबारै केन्द्रीय कारागार चलान गरिएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । अन्सारीसहित पक्राउ परेका उनका साला सोहल खान, चालक सुजन रानाभाट तथा पाकिस्तानी नागरिकहरु नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार जेल चलान भएका हुन् ।

गत जेठ १० गते युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।

युनुस आफ्ना अन्य २ जना सहयोगी खान, चालक रानाभाटसँगै नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका थिए ।

प्रहरीले उनीहरुको साथबाट सात करोड ६७ लाख नक्कली भारु बरामद गरेको थियो । अन्सारी यसअघि पनि जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ३१ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न