पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस « Khabarhub

पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले सोमबार बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता उत्पन्न भएको छ ।

एक दिनअघि मात्र प्रदर्शनकारीहरूले बेलग्रेड सिटी हलमा आक्रमण गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूले संसदीय र स्थानीय निर्वाचनका परिणामहरूलाई अस्वीकार गरेका छन् ।

निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर भुकिकको पार्टीले उसले सानदार जित हासिल गरेको बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सरकारी समाचार समिति आरआइए नोभोस्तीसँग भनिन्, “सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ ।” क्रेमलिनले निर्वाचन परिणामहरूको स्वागत गरेको छ ।

प्रवक्ता दिमित्री पेसकोभले निर्वाचन परिणाबाट सर्बिया र रुसबीचको ‘मित्रता थप सुदृढ हुने’ मस्कोले आशा गरेको बताउनुभयो । सर्बिया र रुसबीच ऐतिहासिकरूमा घनिष्ठ सम्बन्ध छ र बेलग्रेड युक्रेनमाथि भएको आक्रमणका लागि मस्कोविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सहभागी भएको छैन ।

यद्यपि सर्बियाले संयुक्त राष्ट्रसङ्घमा रुसको आक्रामकताको निन्दा गरेको छ र उसको समर्थनबाट विवाद उत्पन्न भएको छ । सर्बिया करिब सम्पूर्णरूपमा रुसी ग्यासमा निर्भर छ । उसको विपक्षीहरूले संसदीय निर्वाचनका क्रममा खराब खेल भएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ५९ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध