गुजरातमा १८ अर्ब ७५ करोड डलर लगानी थपिने « Khabarhub

गुजरातमा १८ अर्ब ७५ करोड डलर लगानी थपिने


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको गुजरात राज्य सरकार र विभिन्न कम्पनीबीच १८ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता भएको छ ।

सरकारले जारी गरेको विज्ञप्तिअनुसार ती कम्पनीहरुले गुजरातको हरित ऊर्जा, सहरी विकास तथा आवास, कृषि, ग्रामीण विकासजस्ता क्षेत्रमा लगानी गर्नेछन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केही समयअघि गुजरात सरकारले स्टिल उत्पादक कम्पनी एर्सेलोरमित्तल निप्पोन स्टिल इण्डियासँग १ खर्ब २५ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

त्यसबाहेक भारतीय कम्पनी एसरले पनि ऊर्जा रुपान्तरण एवम् बन्दरगाह क्षेत्रमा ५ खर्ब ५० अर्ब भारु लगानी गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ४६ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ