अमेरिकी रक्षा कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी « Khabarhub

अमेरिकी रक्षा कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- ताइवानलाई हतियार आपूर्ति गरेको भन्दै चीनले अमेरिकी रक्षा उपकरण निर्माता कम्पनी लकहिडमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

अमेरिकाले गत डिसेम्बर १६ मा ताइवानलाई ३० करोड अमेरिकी डलर बराबरको रक्षा उपकरण प्रदान गर्ने सम्झौता स्वीकृत गरेसँगै चीनले यस्तो चेतावनी दिएको हो ।

नयाँ हतियारबाट ताइवानको कमाण्ड, कन्ट्रोल, कम्युनिकेसन र कम्युटर (सी४) क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ । जो बाइडेनले सन् २०२१ मा राष्ट्रपतिको पद सम्हालेयता अमेरिकाले ताइवानसँग १२ औँ पटक हतियार सम्झौता गरेको हो ।

चीनले सन् २०२० देखि नै लकहिडमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । चीनले लकहिडलाई ‘अविश्वसनीय कम्पनीको सूची’ मा राखिसकेको छ । त्यसबाहेक चीनले यस कम्पनीका कार्यकारीहरुलाई आफ्नो मुलुकको भ्रमणमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ५९ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६