पोखरालाई हराउँदै धनगढी एनएसएलको फाइनलमा « Khabarhub

पोखरालाई हराउँदै धनगढी एनएसएलको फाइनलमा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेनाल्टी सुटआउटबाट पोखरा थन्डर्सलाई ४–३ ले पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि रहेकोमा अन्तिममा हिजाजीले गोल गर्दै धनगढीलाई बराबरीमा पुर्‍याएका थिए ।

यसपछि पेनाल्टी सुटआउटबाट ४–३ ले खेल जित्दै धनगढी फाइनल प्रवेश गरेको हो ।

पेनाल्टीमा पहिलो प्रहारका लागि आएका धनगढीका रिचार्ड ओसेइ, दोस्रोका लागि आएका फोडे फोफाना, चौथोका आशिष चौधरी, पाँचौँ देवेन्द्र तामाङले गोल गरे।

तेस्रोका प्रहारका लागि आएका अहमद हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले विफल बनाए पनि टिमको हार टार्न सकेनन् ।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दीनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरे। तर, चौथो प्रहारमा आएका मोसेस ग्यावा र पाचौँमा आएका आयुश घलानको प्रहारलाई धनगढीका गोलकिपर मोहमद ताहाले विफल बनाउँदै आफ्नो टिमको स्थान फाइनलमा सुरक्षित गरे ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १० : ०३ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता