बिरामीको मृत्यु भएपछि झापाको मनमोहन अस्पतालमा तनाव « Khabarhub

बिरामीको मृत्यु भएपछि झापाको मनमोहन अस्पतालमा तनाव


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको छ । 

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो । घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बासकोटा सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएकोमा लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरू क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रेका हुन्  । 

उपचारका क्रममा सोमबार बिहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । आफन्तले मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग गरेका छन् । इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको भन्दै उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका आफन्तले भने ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन