रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण, १ जनाको मृत्यु « Khabarhub

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण, १ जनाको मृत्यु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मस्को– रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मंगलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन् । 

दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् सर्गेइ अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्  । आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

युक्रेनको वायुसेनाले मंगलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। अक्स्योनोभले जनाए अनुसार बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ।

युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ३५ बजे

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र

विश्वकप मैदानभित्रको प्रतिस्पर्धासँगै सामाजिक सञ्जालमा छाएका भाइरल प्रसङ्ग

काठमाडौँ – इङ्गल्याण्डका पब, फ्यान पार्क र विश्वभरका बैठक कोठामा

स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र

मनको आशा निभेपछि शरीरमा दन्किएको त्यो आगो

आत्मदाहलाई केवल मानसिक स्वास्थ्यको समस्यामा सीमित गरेर व्याख्या गर्नु जति