राष्ट्रसंघीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा | Khabarhub Khabarhub

राष्ट्रसंघीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काबुल– संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको  छ । 

सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न आह्वानसमेत गरेको छ । डब्लुएफपीले अफगानहरूलाई पहिलाभन्दा धेरै सहयोगको आवश्यकता रहेकामा जोड दिएको छ । 

खामा प्रेसको रिपोर्टअनुसार विश्वको सबैभन्दा खराब खाद्य असुरक्षा भएका आठ मुलुकमध्ये अफगानिस्तान पनि एउटा रहेको उक्त संगठनले जनाएको छ । अफगानिस्तानका जनता अहिलेको चिसो मौसमको सुरुआतबाट नराम्रोसँग प्रभावित भएको पनि उसले बताएको छ । 

यसैबीच युरोपेली युनियन (इयु) ले अफगानिस्तानमा खाँचोमा परेकालाई सहयोगका लागि दुई करोड ५० लाख युरो सहयोग गरेको डब्लुएफपीले घोषणा गरेको थियो । 

खामा प्रेसका अनुसार शासन परिवर्तन, आप्रवासीहरूलाई निर्वासित गर्ने संकट, मुलुकमा हालै गएको भूकम्प, पानीको कमी, जलवायु परिवर्तन र हालैको खडेरीका कारण अफगानिस्तानमा गरिबी बढेको छ र विशेषरूपमा महिला र बालबालिकाहरूमा नकारात्मक असर परेको छ । यसले अफगानिस्तानमा आवश्यकताको स्तरमा वृद्धि भएको छ । 

टोलो न्युजको रिपोर्टअनुसार अफगानिस्तानमा बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले एक रिपोर्टमा मुलुकमा बालबालिका गम्भीर उल्लङ्घनका लागि उच्च जोखिममा रहेको बताएका छन्  । 

अफगानिस्तानस्थित खामा प्रेसका अनुसार यसअघि मानवीय सहायता समन्वयका लागि राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले इयुले अफगानिस्तानको मानवीय सहायतामा ३० लाख युरो सहयोग गरेको बताएको थियो । ओसिएचएका अनुसार इयुले प्रदान गरेको कोषले सहायता एजेन्सीहरूलाई सम्पूर्ण अफगानिस्तानमा खाँचोमा परेका लाखौँलाई आवश्यक सहायता र सुरक्षा दिन सक्षम बनाउने छ । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ०६ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल