साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित « Khabarhub

साउदी प्रो लिग : अल इत्तिहादमाथि अल नासरको फराकिलो जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रूपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए। त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए।

यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन्। साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

खेलमा अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए।

यो सिजनमा अल नासरको यो १४औँ जित हो । यो जितपछि अल नासर १८ खेलबाट ४३ अंक बटुल्दै दोस्रो स्थानमा कायम रहेको छ। पराजित भएको अल इत्तिहाद १८ खेलबाट १८ अंक जोडर छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालको ५० अंक छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ४६ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको