१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता « Khabarhub

१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ। महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएको थियो ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट १२ हजार प्रदान गरेको हो । महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्‍याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए।

विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ । आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएको थियो ।यस्तै वडा नं ३ का ७० ज्येष्ठ नागरिकलाई पनि आजै पोषण भत्ता वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल