१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता « Khabarhub

१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ। महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएको थियो ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट १२ हजार प्रदान गरेको हो । महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्‍याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए।

विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ । आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएको थियो ।यस्तै वडा नं ३ का ७० ज्येष्ठ नागरिकलाई पनि आजै पोषण भत्ता वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५१ बजे

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी