राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन « Khabarhub

राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि  यहाँ पुगेका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । 

सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरेका छन् । 

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मूलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए  । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ५१ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)