वैतेश्वरका ग्रामीण सडक र गोरेटो बाटो ढलान हुँदै  « Khabarhub

वैतेश्वरका ग्रामीण सडक र गोरेटो बाटो ढलान हुँदै 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

दोलखा– पूर्वाधार विकासमा अब्बल बन्दै गएको दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाले धमाधम स्थानीय सडक र गोरेटो बाटो निर्माणलाई तीव्रता दिएको छ।

पालिकाको वडा नम्बर-४ र ३ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर-६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे- बगर सडकको ढलान अन्तिम चरण पुगेको हो ।

उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष ५०/५० लाख बजेट विनियोजन गरेको थियो । यस सडकको ढलान कार्य वैतेश्वर गाउँपालिकाले ठेक्का मार्फत गरिरहेको छ।

यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँच सय मिटर सडक ढलान हुने वैतेश्वर गाउँपालिका सव- इन्जिनियर विश्वास घिमिरेले बताए।त्यस्तै वडानम्बर-६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भएको हो।

त्यसैगरी पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल- पाँडुडाँडा सडक र वडा नम्बर- ६ र ७ लाई जोड्ने च्यानडाँडा- छाप सडकमा पनि ढलान गर्नको लागि तयारी थालिएको छ। च्यानडाँडा- छापसडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारको ५०/५० लाख बजेट विनियोजन गरिएको छ।

त्यसैगरी नाम्दु- पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ। भने,पालिकाले पुराना ४ सडक गोपि-जोरमाने सडक,बुस्ती- पुतलिकाठ सडक,देउराली- क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिएका छन्।

पालिकाले यस वर्ष करिब ९ किलोमिटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए। पालिकालाई ५ वर्ष भित्र हिलोमुक्त बनाउने अभियान अन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख वासुदेव दाहालले जानकारी दिए। पालिकाले चालु वर्ष ९ किलोमिटर पक्की सडक र साढे पाँच किलोमिटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४१ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास