समाजवादी मोर्चाको संयोजकमा माधव नेपालको निरन्तरता « Khabarhub

समाजवादी मोर्चाको संयोजकमा माधव नेपालको निरन्तरता


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।

त्यसैगरी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल , नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धको मुद्दाबारे भएका राजनीतिका सहमति न्यायालयसमक्ष जानकारी गराउने निर्णय पनि गरेको छ ।

राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो ।

पछिल्लो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ । उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ । केही दिनअघि विप्लवको विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो । चरणचरणमा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ ।

बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ५३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका