प्रधानमन्त्री कप महिला टी–२० : कोशी र मधेश प्रदेशको जित « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० : कोशी र मधेश प्रदेशको जित


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशले जित निकालेका छन् ।

आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । याेसँगै काेशी प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ 

सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍याे ।

कोशीकी काजल श्रेष्ठ र रुविना चौधरीले क्रमशः ५४ र ५१ रनको अर्धशतकीय इनिङ खेले । सुदूरपश्चिमकी अनु कडायतले दुई विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।

प्रतियोगितामा ६ खेल खेलको कोशी प्रदेश १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदूरपश्चिम ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, मुलपानी मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको छ ।

लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेशले १८ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।

मधेशकी पूजा महतोले ६० रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, अनुराधा चौधरी र सरस्वती कुमारीले १२ रन बनाइन् ।

लुम्बिनीकी कमला जिएम र सुस्मिता भुसालले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन जोडेको थियो ।

यो जितसँगै ६ खेलबाट ४ अंक जोडेको मधेश छैटौँ स्थानमा छ भने ४ अंक नै भएको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा छ ।

हालसम्म ६ खेलबाट ४ अंक जोडेको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा रहँदा ४ अंक नै जोडेको

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  १ : १४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित