तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन…. « Khabarhub

तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन….


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

फिदिमतेह्रथुको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा पुल निर्माणको विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले शहरी बिकास मन्त्री सीता गुरुङलाई ध्यानाकर्षण गराएका छन् । 

कोईरालाले मन्त्री गुरुङलाई फोन गरेर पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन । उनले भने, ‘पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो छ । पुल निर्माणमा किन ढिलाई भएको हो?’ 

जवाफमा मन्त्री सिताले सम्बन्धित निकायलाई तिव्र गतिमा काम अगाडि बढाउन निर्देशन दिने बताइन । यो पुल चाँडो नबन्दा दुई जिल्लामा आवत-जावतमा समस्या भएको छ । तेह्रथुम मन्त्री सिताको निर्वाचन क्षेत्र हो । 

छथर गाउँपालिका ४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोइरालाले पुल निर्माणको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  २ : ५७ बजे

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि