तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन…. « Khabarhub

तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणस्थलबाट शेखरले गरे मन्त्री सितालाई फोन….


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

फिदिमतेह्रथुको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा पुल निर्माणको विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले शहरी बिकास मन्त्री सीता गुरुङलाई ध्यानाकर्षण गराएका छन् । 

कोईरालाले मन्त्री गुरुङलाई फोन गरेर पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन । उनले भने, ‘पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो छ । पुल निर्माणमा किन ढिलाई भएको हो?’ 

जवाफमा मन्त्री सिताले सम्बन्धित निकायलाई तिव्र गतिमा काम अगाडि बढाउन निर्देशन दिने बताइन । यो पुल चाँडो नबन्दा दुई जिल्लामा आवत-जावतमा समस्या भएको छ । तेह्रथुम मन्त्री सिताको निर्वाचन क्षेत्र हो । 

छथर गाउँपालिका ४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोइरालाले पुल निर्माणको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  २ : ५७ बजे

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् ।

विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ?

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीको

पर्साको सीमावर्ती क्षेत्रमा कडाइ

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध

विराटनगर र लुम्बिनीबीचको खेलमा देखिएको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा