पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन « Khabarhub

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धि कागजात पेस गर्न निर्देशन


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धि कागजात माग गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरि हावसाविक गरि कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएको छ । 

त्यस्तै गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको उनले बताए ।

त्यस्तै बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ । बैठकमा सांसदहरुले कार्यकारी निर्देशक नियुक्तिका विषयमा प्रश्न उठाउँदै समितिले अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ४ : ०७ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।