बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता « Khabarhub

बार काउन्सिलले अदालतको अवहेलना गरेको निवेदन सर्वोच्चमा भएन दर्ता


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौंखुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सामेल नगराएर नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) ले अदालतको अवहेलाना गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता गर्न गएको रिट अस्विकार भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई पनि अधिवक्ताको परीक्षामा सहभागी गराउन आदेश दिएको थियो । काउन्सिलले लिने अधिवक्ताको परीक्षा यही पुस १३ र १४ गते हुँदैछ । काउन्सिलले खुला विश्वविद्यालयका परीक्षार्थीलाई यो परीक्षामा सहभागी नगराउने भएको छ ।

परिषदले सर्वोच्चको आदेश नमानेर अदालतको अवहेलना गरेको भन्दै परीक्षार्थीका तर्फबाट मनिषा गौतमले विहीबार सर्वोच्चमा रिट दर्ता गर्न गएकी थिइन् । तर, सर्वोच्चले उक्त रिट दर्ता नगरेको बताइएको छ ।

यसअघिको समाचारमा दर्ता भन्ने उल्लेख भएकोमा क्षमा याचनासहित सच्याइएको छ – सं 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : २५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण