चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु « Khabarhub

चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परिक्षण गरेको छ । गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चीनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन ।

हालै परिक्षण गरिएको उपकरणले कोक ओभन ग्याँसलाई इथेनोलमा रूपान्तरण गर्न सक्छ। स्टील र पेट्रोकेमिकल उद्योगहरूको न्यून कार्बन विकासको लागि सम्भाव्य मार्ग प्रदान गर्ने जनाइएको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत डालियान इन्स्टिच्युट अफ केमिकल फिजिक्स (डीआईसीपी) र शान्सी यान्चाङ पेट्रोलियम ग्रुप कम्पनि लिमिटेडले संयुक्त रूपमा विकास गरेको अत्याधुनिक प्रविधि अपनाएर उक्त उपकरण ट्यान्सिन टेक्नोलोजी कम्पनी लिमिटेडले निर्माण गरेको हो। हुवाइ बेई खनन समूह अन्तर्गत परेको छ।

इथानोल एक उत्कृष्ट पेट्रोल एडिटिभ र एक महत्त्वपूर्ण आधारभूत रसायन हो। यो मुख्यतया संयुक्त राज्य अमेरिका, ब्राजिल र अन्य देशमा मात्रै उत्पादन गरिदै आएको छ । कच्चा मालको रूपमा अनाज र उखु जस्ता बालीसहित इन्धन इथेनोलको रूपमा प्रयोग गरिन्छ।

चीनको इथानोल बजारमा ठूलो माग रहेको अनुसन्धान टोलीका नेता लिउ झोङमिन, डिआइसीपीका निर्देशक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सदस्यले भने। उनले अगाडि भने कि सन २०२२ मा चीनमा इन्धन इथेनोलको अन्तर लगभग १० मिलियन टनको माग रहेको देखिएको थियो ।

अनुसन्धान टोलीले डाइमिथाइल ईथरको कार्बोनिलेसन र मिथाइल एसीटेटको हाइड्रोजनेशनद्वारा निरपेक्ष इथेनॉल उत्पादन गर्न कच्चा मालको रूपमा संश्लेषण ग्यास वा सिङ्गास प्रयोग गरी उन्नत प्रविधि डिएमटिइ विकास गरेको हो ।

टोलीले निरन्तर रूपमा प्रविधि र उत्प्रेरकलाई अपग्रेड गरेको छ र प्रतिक्रिया प्रक्रियालाई अप्टिमाइज गरेको छ । ठूला–ठूला औद्योगीकरणको लागि ठोस आधार तयार पारेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १० : २० बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले