सङ्घीय सरकारले प्रदेश सरकारलाई यथाशीघ्र अधिकार दिनुपर्छ : मुख्यमन्त्री यादव « Khabarhub

सङ्घीय सरकारले प्रदेश सरकारलाई यथाशीघ्र अधिकार दिनुपर्छ : मुख्यमन्त्री यादव


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताएका छन् ।

आज मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढङ्गबाट गरिनुपर्ने आग्रह गरे । मुख्यमन्त्री यादवले आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले सङ्घीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाइने बताए ।

उनले जनतालाई सङ्घीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र नेपाल गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सङ्घीयता र संविधानको मर्मअनुसार स्थानिय तहमा जनप्रतिनिधिलाई आफ्नो कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने तथा सङ्घीय सरकारले स्थानीय निकायलाई उपेक्षा नगरी प्रदेश सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

यसैबीच तहगत ‘अधिकार कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमको समापनमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले वित्तिय तथा आर्थिक क्षेत्र र संविधानविद् काशीनाथ दाहालले तहगत सरकारको अधिकार विभाजन, सार्वजनिक सेवा, वन वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, सातै प्रदेशका मुख्यन्याधिवक्ता, प्रदेश नीतियोजना आयोग र बागमती प्रदेशका प्रदेशसभा सदस्यको सहभागिता थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ११ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान