बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी बैठकमा पनि बालकुमारी घटनाबारे छलफल भएको थियो । कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।

‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’

कांग्रेसले घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।

साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल समेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।

 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३५ बजे

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग