‘पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई बेपत्ता बनाए’ « Khabarhub

‘पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई बेपत्ता बनाए’


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मीले ८ जनालाई जबरजस्ती बेपत्ता पारेको स्थानीयहरुले आरोप लगाएका छन् । बलोचिस्तानको डारा बुग्ती र केच क्षेत्रबाट ८ जनालाई सुरक्षाकर्मीले बेपत्ता पारेको स्थानीयको आरोप छ ।

बलोचिस्तान पोस्टका अनुसार सुरक्षाकर्मीले ८ जनालाई अज्ञात स्थानमा लगेका छन् । पाकिस्तानी अर्धसैनिक बल फ्रन्टियर कोर, आईएसआई र सीटीडीले बुग्ती कोलोनी फोङ कोलोनीलगायत विभिन्न स्थानमा कारवाही गरी ७ जनालाई अज्ञात स्थानमा लगेको हो ।

त्यस्तै, अर्को घटनामा केच क्षेत्रमा सुरक्षाकर्मीले एक जना युवालाई जबरजस्ती नियन्त्रणमा लिई अज्ञात स्थान लगेका छन् ।

पछिल्लो समय पाकिस्तानमा बलोच आदिवासीविरुद्ध पाकिस्तानी सुरक्षाकर्मीको ज्यादती बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ०४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५